भूटानी शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख क्षति

बनियानी। झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

आज बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागाईको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चापागाईँको घरबाट शुरु भएको आगोले छिमेकी पदम चापागाईँ, रुपनारायाण दुलाल र हर्कबहादुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा करिब रु १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।

आगलागी स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा बिहान ३ः३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button