जिफानको आयोजनामा चलचित्र समिक्षा कार्यक्रम सम्पन्न

पोखरा। पोखरामा हुदै आएको चलचित्र समिक्षा कार्यक्रम बिहीबार बेलुका सम्पन्न भएको छ । यसपालीको कार्यक्रम गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले आफ्ना सदस्यहरुको लागि सामाजिक सञ्जालको माध्यमबाट गरेको हो । जहाँ इरानी चलचित्र निर्देशक माजिद माजिदको ‘दि फ्रोजेन रोज’ चलचित्र माथी समिक्षा गरियो ।

समिक्षा कार्यक्रमको सहजिकरण जिफानका संस्थापक अध्यक्ष समेत रहेका चलचित्र निर्देशक माओत्से गुरुङले गरेका थिए ।
यसअघि गुरुङ फिल्म एशोसिएसन नेपाल जिफान, पोखरा फिल्म सोसाइटी, पोखरा नाटकघर र चलचित्र पत्रकार सघं नेपाल कास्किको संयुक्त आयोजनमा प्रत्यक महिना हुदै आएको स्वदेशी तथा बिदेशी चलचित्र प्रदर्शन गरि समिक्षा गर्ने कार्यक्रमको निरन्तरता स्वरुप यो कार्यक्रम गरिएको हो ।

विश्वभर फैलिएको कोभिड (१९ महामारिका कारण यसपालि जिफानमा आवद्ध सदस्यहरुको लागि कार्यक्रम गरिएको जिफान अध्यक्ष भोज बहादुर गुरुङले जनाए । समिक्षा कार्यक्रम जुम क्लाउड मिटिङबाट गरिएको थियो ।

पोखरामा चलचित्र हेर्ने, बुझ्ने र त्यसमाथी समिक्षा गर्ने संस्कार विकास गर्ने हेतुले चलचित्र समिक्षा कार्यक्रम गरिदै आइएको छ । यो चौथौ श्रृखला थियो । यसअगाडि पौषमा भएको पहिलो श्रृखलामा चाइनिज फिल्म ‘द रोड होम’ र माघमा भएको द्रोस्रो श्रृखलामा हलिउड फिल्म ‘क्रेजि रिच एशियन्स’ प्रर्दशन गरेर समिक्षा गरिएको थियो । फागुनमा ‘चिल्ड्रेन अफ हेभन’ माथी अन्र्तक्रिया भयोे । चैत्रमा भने कार्यक्रम हुन सकेको थिएन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button