तनहुँमा ग्यास सिलिन्डर पड्किँदा २ बालक घाइते

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ सत्र सयमा आज बिहान ग्यास सिलिन्डर पड्किएर दुई बालक घाइते भएका छन् । घाइते हुनेमा ११ वर्षीय विवेक विक र सात वर्षीय सरगम विक रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुवैको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इप्रका आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

घरमा दुई बालक मात्रै रहेको र के गर्दा ग्यास सिलिन्डर पड्कियो भन्ने थाहा हुन नसकेको सुवेदीले बताए । “घटनास्थल हेर्दा ग्यास लिक भएर आगलागी भएको जस्तो देखिन्छ”, उनले भने, “घरभित्रको पर्खालमा पनि क्षति पुगेको छ ।” -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button