दिवेश पोखरेल अमेरिकन आइडल को टप टेनमा

पोखरा न्यूज । नेपाली मुलका गायक दिवेश पोखरेल अमेरिकन आइडल सिजन १८ को शीर्ष १० मा प्रवेश गरेका छन् ।

सोमबार बिहान भएको कार्यक्रममा उनी टप टेनमा छनोट भएको घोषणा गरिएको हो । ‘आर्थर गन’ ले  समेत   चिनिँदै आएका पोखरेलले छनोट भएको थाहा पाए पछि कार्यक्रममा गायक जोन डेन्भरको “टेक मी होम कन्ट्री रोड” गीत प्रस्तुत गरेका थिए ।

उनको प्रस्तुतिलाई सबै निर्णायकले राम्रो प्रतिक्रिया जनाएका थिए भने निर्णायकमध्ये कै एक केटी पेरीले भने आँखा खोलेर दर्शकलाई हेरेर गाउन सुझाव दिएकी थिइन् ।

पोखरेलसहित जस्ट स्याम, फ्रान्सिस्को मार्टिन, डाइलन जेम्स, सोफिया जेम्स, जोन्नी वेस्ट, ग्रेस लीर, जोभिन वेब, जुलिया गार्गानो र लुइस नाइट शीर्ष १० मा छनोट भएका हुन् ।

१८ सिजन यस अमेरिकन आइडलमा कोरोना भाइरसका कारण सहभागीहरुले घर मै बसेर आफ्नो प्रस्तुति दिइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button