तनहुँमा च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

तनहुँ। घर नजीकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो ।

तिनमध्ये बुबा कृष्ण र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको र दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ४० वर्षीया श्रीमती गौरी तथा छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button