पोखराको राहत कोषमा कन्टेक प्रालिको १ लाख ७५ हजार सहयोग

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा पोखरा १४ मा रहेको कन्टेक प्रालिले १ लाख ७५ हजार सहयोग गरेको छ ।

प्रालिका सञ्चालक रोमबहादुर कार्की, सुन्दर पौडेल, लिला लामिछाने र विकास कार्कीको टोलीले  महानगर प्रमुख मानबहाुदर जिसीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी गोखार्ज टिमले ५१ हजार १ सय ११ सहयोग गरेको छ । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराई पनि ५० हजार सहयोग गरेकी छन् । उनले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेकी हुन् ।

मलिजुली बचत तथा ऋण सहकारी संस्थाले पनि ५० हजार ५ सय ३१ रुपैयाँ सहयोग धर्मकाँया बुद्ध मण्डला पोखरा काहुँले पनि १५ हजार १५ रुपैयाँ महानगरको कोषमा सहयोग गरेको छ ।

पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड २० लाखको राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button