कोरोना महामारीबीच पुर्वी अफ्रिकामा बाढीको प्रकोप, २ सय बढीको मृत्यु

पोखरा न्यूज । अफ्रिकी राष्ट्र केन्यामा भारी वर्षा पछि आएको बाढी र पहिरोमा परेर करिब २ सय जनाको ज्यान गएको छ ।

मध्य अप्रिल देखि नै शुरु भएको भारी वर्षाले १ लाख भन्दा बढी मानिसलाई घरबारविहीन बनाएको छ भने महत्त्वपूर्ण पुर्वाधारहरुमा पनि क्षति पुर्याएको छ । मुख्य गरि पश्चिमी केन्यामा आएको भारी वर्षाका कारण पछिल्लो २४ घण्टामा मात्र ३० जनाले ज्यान गुमाएको जनाइएको छ । त्यहाँको एन्जोया नदीमा आएको बाढीले ८ हजार एकड खेतमा लगाएको धानबालीसमेत नष्ट पारेको पनि जनाइएको छ ।

त्यस्तै अर्को पुर्वी अफ्रिकी मुलुक रुवाण्डामा पनि बिहीबार देखिको भारी वर्षाका कारण आएको बाढी पहिरोले ६५ जनाको ज्यान गएको छ । पहिरोले १ सय भन्दा बढी घरलाई बगाएको जनाइएको छ । शुक्रबार बिहानसम्म पनि पहिरो गइरहेको र थुप्रै ठाउँमा पुलहरु भत्किएको तथा बाटोहरु अवरुद्ध भएको छ । सोमालियामा पनि बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

त्यहाँका मौसमविद्हरुले अझै केही समय वर्षा हुने र बाढी पहिरोको जोखिम हुने ठाउँबाट सुरक्षित स्थानमा सर्न पनि मानिसहरुलाई सुझाव दिएका छन् । कोरोना महामारीबीच आएको बाढी पहिरोको प्रकोपले उद्धार कार्य समेत प्रभावित भएको र उद्धारपश्चात् गाँसबासको व्यवस्था गर्न पनि कठिन भएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button