कास्कीमा ६ लाख केजी चामल वितरण

कृष्ण दवाडी।  कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित यहाँका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले यही वैशाख २६ गतेसम्म पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाका वडामार्फत सो सङ्ख्यामा प्रभावितका लागि राहत वितरण गरिएको जनाएको छ ।

महानगरपालिकामा सबैभन्दा बढी ३० हजार ८ सय ८६ परिवारलाई राहत वितरण गरिएको छ । त्यसैगरी माछापुच्छ्रे गाउँपालिकामा ७ सय ३५, मादीमा दुई हजार ४८ तथा रुपामा ४ सय ५२ अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा वडास्तरमा तथ्याङ्क सङ्कलन र आवश्यक राहत सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको तथा लाभग्राहीको सङ्ख्या ५ सय रहेको बताइन्छ । सो पालिकाले हालसम्म राहत वितरण गरेको छैन ।

राहतस्वरुप जिल्लामा ६ लाख १ सय ३६ केजी चामल, ४५ हजार ८ सय ९५ केजी दाल, ३४ हजार १ सय ४५ केजी नुन, २१ हजार ९ सय ९६ लिटर तेल, दुई हजार ४८ केजी चिनी र २० हजार ८ सय ७२ केजी केराउ वितरण गरिएको सिसिएमसीले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button