मजदुरको पीडामा आधारित लघु चलचित्र ‘बसाई’ सार्वजनिक (फिल्मसहित)

पोखरा । कोरोना भाईरस सँक्रमण रोक्न गरिएको लकडाउनको मारमा परेका मजदुरको पीडामा आधारित लघु चलचित्र ‘बसाईं’ सार्वजनिक भएको छ ।

यस अघिको लघु चलचित्र ‘राहत’ को सिक्वेलको रुपमा यो फिल्म आज साँझ युट्युबबाट रिलिज गरिएको हो । नेत्र ईण्टरटेण्मेण्टको व्यानरमा निर्माण गरिएको लघु चलचित्र नेत्र ईण्टरटेण्मेण्ट नामक युट्युब च्यानमा हेर्न सकिन्छ ।

चलचित्रलाई नेत्र गुरुङ्ले निर्देशन गरेका हुन् । विभु भुसाल, रेम रसाईली, अनिशा श्रेष्ठ, गिता पराजुली, अस्मिता पराजुली, विजयराज अधिकारी, मिलन अधिकारी लगायतले अभिनय गरेको बसाईंमा भरत छन्त्यालले कथा लेख्नुको साथै सह निर्देशन पनि गरेका छन् ।

चलचित्रलाई प्रकाश गुरुङ् ‘काश’ ले खिचेका हुन् । फिल्मको सम्पादक पनि स्वयम नेत्र नै हुन् । यस अघि सार्वजनिक गरिएको लघु चलचित्र राहत छोटो भएको गुनासो दर्शकबाट आएपछि यो चलचित्र निर्माण गर्न हौसला मिलेको निर्देशक नेत्रले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button