कोरोना संक्रमितको संख्या करिब ४२ लाख पुग्यो

पोखरा न्यूज । विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमितको संख्या करिब ४२ लाख पुगेको छ भने ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार नाघेको छ ।

कोरोना भाइरसबाट आइतबार एकैदिन ७९ हजार बढी संक्रमित हुँदा ३५ सय जनाले ज्यान गुमाएका छन् । त्यस्तै कोरोनाबाट हालसम्म १४ लाख ९0 हजार बढीले स्वास्थ्यलाभ गरिसकेका छन् । कोरोनाबाट सर्वाधिक प्रभावित अमेरिकामा भने आइतबार निकै कम अर्थात ७ सय ५० जनाको मात्र मृत्यु हुँदा २० हजार बढी नयाँ संक्रमित भेटिएको थियो ।

कोरोनाको नयाँ हटस्पट बनेको रसियामा भने आइतबार हालसम्म कै सर्वाधिक ११ हजार १२ नयाँ संक्रमित फेला पर्दा ब्राजिलमा पनि ६ हजार ६ सय ३८ नयाँ संक्रमित पुष्टि भएका थिए । त्यस्तै युकेमा ३ हजार ९ सय २३ नयाँ संक्रमित भेटिँदा स्पेनमा १ हजार ८ सय ८०, टर्कीमा १ हजार ५ सय ४२, मेक्सिकोमा १ हजार ९ सय ३८ तथा पेरुमा २ हजार २ सय ९२ नयाँ संक्रमित फेला परेका छन् ।

आइतबार कोरोनाका कारण अमेरिका पछि दोस्रो सर्वाधिक ब्राजिलमा ४ सय ६७ जनाको मृत्यु भएको छ भने अर्को दक्षिण अमेरिकी मुलुक इक्वेडरमा पनि ४ सय १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै आइतबार युकेमा २ सय ६८, इटालीमा १ सय ६५, स्पेनमा १ सय ४३ तथा क्यानडामा १ सय ७७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । आइतबार नै मेक्सिकोमा १ सय ९३, रसियामा ८८, फ्रन्समा ७० तथा पेरु र बेल्जियममा ७५-७५ जनाको मृत्यु भएको छ ।

दक्षिण एसियाली मुलुकतर्फ भारतमा हालसम्म कै सर्वाधिक ४ हजार ३ सय ५३, पाकिस्तानमा १ हजार ५ सय ९८ र बङ्गलादेशमा ८ सय ८७ नयाँ संक्रमित पुष्टि भएका छन् । भारतमा एकैदिन १ सय ११ को मृत्यु हुँदा आइतबार पाकिस्तानमा २३ र बङ्गलादेशमा १४ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म २ हजार २ सय १२, पाकिस्तानमा ६ सय ५९ तथा बङ्गलादेशमा २ सय २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । नेपाल पछिल्लो २४ घन्टामा नयाँ संक्रमित फेला नपर्दा कुल संक्रमितको संख्या १ सय १० रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button