पोखरामा रुखबाट लडेर एक वृद्धको मृत्यु

पोखरा । पोखरामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान पोखरा महानगर-१३ आर्बाका गजेन्द्र बहादुर बरालको रुखबाट लडेर मृत्यु भएको हो । ६१ वर्षीय बराल बिहान साढे ८ बजे घर नजिकै दवाङ खोलामा पाख्रीको रुखबाट खसेर घाईते भएको जनाइएको छ । घाइते बराललाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइए पनि डाक्टरले चेकजाँचका क्रममा मृत घोषित गरेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button