भरिएछ डिल परेलीको सिरानी भिजेछ
उठ्नै गाह्रो भयो मलाई बिहानी भिजेछ
पीडाको आकाश बीचमा बादल मडारियो
भरोसामा झरी परेर जिन्दगानी भिजेछ
पाना पल्टिए अतितका सपनामा बेसरी
छाता फर्कायो र बतासले जवानी भिजेछ
भविष्यमा बसाईं बस्ने रहर थियो कत्रो
तिम्रो मेरो सुन्दर त्यो राजधानी भिजेछ
जलमग्न भयो जीवन के छ शिवाय हेर्नु
नभिज है उनी रुन्छिन भन्दानि भिजेछ
पिताम्बर गौतम प्रकट, पोखरा
Marmik,yethartha, congratulations hajurlaai