छोरा बचाउन चितुवासँग लडेका तनहुँका रामबहादुरलाई उपचारमा सहयोग

पोखरा न्यूज । आफ्ना सन्तानलाई आक्रमण गर्न आएको चितुवासँग लड्दा घाइते भएका भानु नगरपालिका -४ चुँदीका ३६ वर्षिय रामबहादुर कुमाललाई तनहुँ सम्पर्क समाज पोखराले उपचारमा सहयोग गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैशाख २५ गतेदेखि उपचाररत रामबहादुरलाई समाजको पहलमा अस्पतालमा खान र उपचार सेवा नि:शुल्क गराइएको समाजका बरिष्ठ उपाध्यक्ष भरत केसीले जानकारी दिए ।

आफ्ना सन्तानलाई जोगाउन ज्यानको बाजी राखेर चितुवासँग लडी चितुवा नै मार्न सफल भएका पूर्व सैनिक समेत रहेका रामबहादुर लाई नि;शुल्क उपचार सेवा, उनी र अस्पतालमा कुर्न बसेका सहयोगीहरुलाई निशुल्क खानाको व्यवस्था र औषधि खरिदको लागि आर्थिक सहयोग गरिएको केसीले बताए । उनको रेखदेख र उपचारमा प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले विशेष सहयोग गरिरहेको केसीले उल्लेख गरे ।

मंगलबार ब. उपाध्यक्ष केसीको संयोजकत्वमा समाजका सस्थापक अध्यक्ष चन्द्र विक्रम अधिकारी, अध्यक्ष अम्बिका प्रसाद भट्टराई, महासचिव यम बहादुर सुर्खाली र कोषाध्यक्ष जगन्नाथ गौतमको टोलीले आर्थिक सहयोग सहित घाइतेको स्वास्थ्य अवस्था बुझेका थिए ।

कुखुरा फारामबाट कुखुरा चोरेर भाग्ने व्यक्तिलाई पछ्याउने क्रममा आफ्नो १२ वर्षको छोरा समिर कुमाललाई आक्रमण गर्ने चितुवासँग जाइलाग्दा बैशाख २५ गते विहान रामबहादुर घाइते भएका थिए भने भिडन्तमा चितुवा मरेको थियो ।

घटनापछि साहसी रामबहादुरको सबैले प्रशंसा गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button