काबुलको प्रसुति अस्पतालमा आतंककारी हमला, ठूलो हताहतीको आशंका

पोखरा न्यूज । अफगानिस्तानको राजधानी काबुलस्थित एक प्रसुति अस्पतालमा आतंककारीले हमला गर्दा ठूलो हताहतीको आशंका गरिएको छ ।

अहिलेसम्म जारी आक्रमणमा कम्तिमा ३ हमलाकारी अझै अस्पताल परिसर भित्रै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीयले अस्पतालमा दुई विस्फोट भएको र गोलीबारी चलेको बताएका छन् । ८० भन्दा बढीको अस्पतालबाट उद्धार गरिसकिए पनि अझै थुप्रै मानिस अस्पताल भित्रै रहेको जनाइएको छ । सिया समुदायको बसोबास रहेको क्षेत्रमा रहेको अस्पतालबाट अझै पनि धुवाँको मुस्लो उडिरहेको पनि जनाइएको छ ।

अफगान सरकारले सञ्चालन गरेको उक्त अस्पतालमा डक्टर्स विदआउट बाउन्ड्रीले प्रसुति सेवा प्रदान गर्ने गरेका थिए । बिरामीले भरिभराउ भएको १ सय बेड क्षमताको सो अस्पतालमा कम्तिमा तीन प्रहरीको भेषमा आएका हमलाकारीले आक्रमण गरेको जनाइएको छ । हमलाकारीलाई नियन्त्रणमा लिन प्रयास भइरहेको पनि जनाइएको छ ।

कोरोना संकटबीच अफगानिस्तानमा आइएसले पछिल्ला दिन आफ्ना आक्रमण तीव्र बनाएको छ । तालिवानले भने घटनामा आफ्नो हात नभएको जनाइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button