युकेले बिदामा रहेका कामदारलाई थप ४ महिना तलब दिने

पोखरा न्यूज । युकेले कोरोनाका कारण बिदामा रहेका कामदारलाई थप चार महिनासम्म तलब दिने भएको छ ।

त्यहाँका चान्सलर ऋषि सुनकले कोरोना कारण काममा जान नपाएका मानिसलाई आगामी अक्टोबरसम्म कुल तलबको ८० प्रतिशत प्रदान गरिने बताएका हुन् । उक्त सहयोग २५ सय पाउण्ड भन्दा धेरै भने हुनेछैन । यसका लागि अब भने सरकारले विभिन्न कम्पनीहरुको अगस्ट देखिको कुल खर्चको विवरण माग्न थाल्ने जनाइएको छ । यसरी सहयोग दिदैँ जाँदा मानिसहरु सरकारको सहयोगमै अति आश्रित हुनसक्ने सुझावलाई सुनकले अस्वीकार गरेको पनि जनाइएको छ ।

यस योजनाबाट हाल ७५ लाख लाभान्वित भएको जनाइएको छ जुन अघिल्लो साता भन्दा १२ लाखले बढी हो । सहयोग प्राप्त गरिरहेका कामदारलाई पार्ट टाइम कामका लागि बोलाउन सकिने व्यवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button