कतारमा कोरोना संक्रमण फैलिदै, एकैदिन १५ सय नयाँ संक्रमित थपिए

तिलु शर्मा। कतारको जन-स्वास्थ्य मन्त्रालयले मे १२ (आज) जारी गरेको तथ्याङ्क अनुसार आज सम्मकै सबै भन्दा बढी सङ्क्रमित देखिएका छन् l

पछिल्लो २४ घण्टामा पहिलो पटक सबै भन्दा बढी ४२ सय ५० जनामा टेस्ट गर्दा १५ सय २६ जना कोरोना सङ्क्रमित देखिएका हुन् l यो सँगै कतारमा सङ्क्रमितको सङ्ख्या २५ हजार १ सय ४९ पुगेको छ ।

नयाँ १ सय ७९ जना सहित स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ३ हजार १९ पुगेको छ । अहिले २२ हजार १ सय १६ जनाको उपचार चलिरहेको छ । कतारमा हाल सम्म १ लाख ३५ हजार २ सय ९४ जनामा परीक्षण गरिएको छ भने मृतकको सङ्ख्या १४ रहेको छ ।

मध्यपूर्व अपडेट:- (यो समाचार तयार पार्दा सम्म)

ओमान:- सङ्क्रमित सङ्ख्या-३,७२१ / मृतक सङ्ख्या १७ / स्वास्थ्य लाभ १२५० जना

संयुक्त अरब इमिरेट्स:- सङ्क्रमित सङ्ख्या १९,६६१ / मृतक सङ्ख्या २०३ / स्वास्थ्य लाभ गर्ने ६,०१२ जना

साउदी अरेबिया:- सङ्क्रमित सङ्ख्या – ४१,०१४ / मृतक सङ्ख्या २५५ / स्वास्थ्य लाभ गर्ने १२,७३७ जना

कुवेत:- सङ्क्रमित सङ्ख्या- ९,२८६ / मृतक सङ्ख्या ६५ / स्वास्थ्य लाभ गर्ने २,९०७ जना

बहराइन:- सङ्क्रमित सङ्ख्या- ५,२३५/ मृतक सङ्ख्या ९ / स्वास्थ्य लाभ गर्ने २,१५२जना रहेका छन् l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button