नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

काठमाण्डौ । नेपालमा बुधबार  थप २ जनामा कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका – ५ का २२ वर्षीय र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना संक्रमण  पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले उनिहरुको  स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको जनाएका  छन्।

यस अघि मंगलबार एकैदिन सर्वाधिक ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो  । (अपडेट)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button