ट्वाइलेटको भेन्टिलेसन फोडेर भागे २ कोरोना संक्रमित !

काठमाण्डौ । ट्वाइलेटको भेन्टिलेसन फोडेर नारायणी अस्पतालबाट दुई कोरोना संक्रमित भागेका छन् ।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका राजनाथ यादव र जफर हवारी भेण्टिलेसन फोडेर बुधबार फरार भएका हुन् । उनीहरुको उमेर १७ र ३० वर्ष रहेको र फरार मध्ये एक जना कैदी भएको जनाइएको छ ।

मंगलबार मात्रै भर्ना भएका उनीहरुको खोजीकार्य जारी रहेको बताइएको छ । पर्सा जिल्लामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button