नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

काठमाण्डौ । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका  अनुसार बुधबार साँझ रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।  यस अघि आजै दिउसो  २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button