यसकारण नेपालमा लकडाउन आवश्यक छैन

कोरोनाको सुरुवातको समय अनुसार डव्लूयचओ (WHO) ले भनेको थियो अवको केहि महिना भित्र संसारका दुइ करोड मानिसको मृत्यु हुनेछ । तर अहिले सम्म ४३,७६,४९३ कोरोना संक्रमित भेटिएका र २,९४,४८७ मानिसको मृत्युको आँकडा ल्याएको छ, अर्थात ६.७३ प्रतिशत मृत्यु देखाइएको छ । के बाकी ९३.२७ प्रतिशतमा मानिस कोरोना मुक्त हुन सके भने अरु पनि कोरोनाबाट बाच्न नसक्लान् ? यहि मृत्यु भएका मानिसलाई लिने हो भने पनि के ग्यारेण्टि छ कि यो देखाइएको मृत्यु केवल कोरोना संक्रमण बाट मात्रै हो ?

इटलीको मृत्युलाई नेशनल हेल्थ इस्टीच्यूट अफ इटली कै रिपोर्टमा प्रस्ट भनिएको छ कि, ४८.६ प्रतिशत मानिसमा कोरोना बाहेक ३ वटा अन्य बिमारी थिए, २६.६ प्रतिशत मानिसमा कोरोना बाहेर २ वटा अरु बिमारी थिए, २३.५ प्रतिशत मानिसमा कोरोना बाहेक अरु १ वटा बिमारी थिए अव बाँकी केवल १.२ प्रतिशत १३८० मानिस मात्र कोरोनाका कारण मरेका छन् । अझै बिस्तारीत रुपमा जान Euromomo.eu बेवसाईट मा गई इटली वा अन्य देशको बिगत ५ बर्षको मृत्युदर हेर्न सकिन्छ । यस आँकडालाई संसारको मृत्युमा तुलना गर्नेहो भने केवल १ं.२ प्रतिशत मात्र कोरोना बाट मृत्यु भएको देखिन्छ अर्थात ३,५३३ मानिस मात्र कोरानाका कारणले मरेका रहेछन् । फरक यति हो कि अहिले मृत्यु अन्य जुनसुकै रोगका कारणले भएको भएता पनि कारण कोरोना देखाइ तुरुन्त मिडियामा ल्याइएको छ ।

अव एउटै प्रश्न को जवाफ खोजौं के २०१८ वा २०१९ मा इटाली वा अमेरिकामा कुनै न कुनै फ्लूबाट मानिसको मृत्यू भएको थिएन ? २०१८ मा इटालीमा प्रति महिना ५२,७३८ र २०१९ मा ५३,३६२ मानिसको मृत्यू भएको थियो दैनिक लगभग १८,०० मानिस । अमेरिकाको एक मेडिकल जर्नलका अनुसार अमेरिकामा हरेक बर्ष यहि मौसममा ५ देखि ८ लाख मानिस इण्फ्लूइण्जा जस्तै रोग इण्फ्लूइण्जा लाईक इलनेस बाट अस्पताल भर्ना हुने गर्छन् कोरोनालाई पनि यहि इण्फ्लूइण्जा लाईक इलनेस कै क्याटेगरिमा राखिएको छ र यसको मृत्यूदर लगभग २ प्रतिशत रहने गर्छ । अमेरिकामा यस बर्ष पनि यसै मौसममा अस्पताल जानेको अनुपात यहि नै छ ।

लकडाउन गरिएका देशको संक्रमण प्रतिशत ५.६५ र मृत्यु प्रतिशत ६.७३ देखिएको छ । लकडाउन नगरिएका देशको संक्रमण प्रतिशत ३.४२ र मृत्यु प्रतिशत ०.८६ देखिएको छ । नेपाललाई हेर्दा कूल जनसंख्या ३ करोडलाई नै कोरोना जाँचियो भने पनि ।  यो असम्भव कुरा हो तर पनि बिष्लेशण गर्दा :-

परिस्थिती १ :  पूर्ण लकडाउन गर्दा । संसारको सर्बाधिक संक्रमण अनि सर्बाधिक मृत्यु दरलाई लिदा ।
संसारको खराव परिस्थिती मा संक्रमण दर ५.६५ र लकडाउन गर्दाको मृत्यु दर ६.७३ लाई अध्ययन बिश्लेषण गर्दा नेपालको संक्रमण संख्या १६,९२,१४४ र मृत्यु संख्या १,१३,८६२ देखिन्छ । जुन असम्भव छ ।

परिस्थिती २: पूर्ण लकडाउन गर्दा । संसारको संक्रमणको अत्यधिक दर अनि लकडाउन नगर्दाको मृत्युदर लिंदा ।
संसारको खराव परिस्थितीको संक्रमण दर ५.६५ प्रतिशत र लकडाउन नगर्दाको मृत्यु दर ०.८६ प्रतिशत अनुसार अध्ययन बिश्लेषण गर्दा  कूल संक्रमण संख्या १६,९२,१४४ र मृत्यु संख्या १४,५२१ हुने अनुमान लगाउन सकिन्छ ।

परिस्थिती ३ : लकडाउन नगर्दा । संसारकै लकडाउन नगर्दाको डाटा लिंदाको अवस्था ।
संसारका पूर्ण लकडाउन नगरेका देशहरुको डाटा अनुसार नेपालमा पनि पूर्ण लकडाउन नगर्दा संक्रमण दर ३.४२ र मृत्यु दर ०.८६ अनुसार अध्ययन बिश्लेषण गर्दा संक्रमण संख्या १०२५,८९२ र मृत्यु संख्या ८,८०३ अनुमान लगाउन सकिन्छ ।

परिस्थिती ४ : नेपालको संक्रमण दर अनि संसारको अधिकतम मृत्यु दर लिंदा ।
नेपालको संक्रमण दर १.१७ प्रतिशत र लकडाउन नगर्दा संसारको मृत्यु दर ६.७३ अनुसार संक्रमण संख्या ३,५०,९४३ र मृत्यु संख्या २३,६१४ अनुमान लगाउन सकिन्छ ।

परिस्थिती ५ : नेपलको संक्रमण दर अनि संसारको लकडाउन नगर्दाको अवस्थामा ।
नेपालको संक्रमण दर १.१७ प्रतिशत र संसारका पूर्ण लकडाउन नगरेका देशहरुको मृत्यु दर ०.८६ अनुसार नेपालमा पनि लकडाउन नगर्दा नेपालको संक्रमण संख्या ३,५०,९४५ र मृत्यु संख्या ३,०१२ अनुमान लगाउन सकिन्छ ।

माथिका पाँचै वटा परिस्थितीको बिश्लेशण अनुसार तीन करोड जनता मध्ये अधिकतम मृत्यु १,१३,८६२ जून असम्भव छ, देखि न्यूनतम ३,०१२ मानिसलाई मृत्युबाट जोगाउन सकिन्छ भन्ने मनगढन्त चाहना एकातिर छ  भने बाँकीका न्यूनतम जनसंख्या २ करोड ९९ लाख भन्दा बढी जनतालाई त्रास अनि अन्य बिभिन्न जोखिममा राख्नु कत्तिको बुद्धिमानी हो ?

यो समयमा  ५ सय ९० जनाले आत्महत्या गरिसके । कैयौं गर्भवती महिलाहरुले उपचार नपाउँदा ज्यान गुमाउन पर्यो । कैयौं जनताको सम्पत्ति लिलाम हुदैछ । कैयौंको जागिर गुम्यो । कैयौं जनता पैदल यात्रा मैं कोशौं हिडेर घर पुगे । खाने कुरा नपाएर भोकमरी को सिकार भए । काला बजारी मौलायो । मानसिक रोगीहरु दिनानुदिन बढ्दैछन् ।

कैयौं क्वारेण्टाइनमा बसेका महिलाहरु बलत्कार हुन पुगेका छन् । अस्पतालले अहिले अरु बिरामी जाँचेको छैन जसबाट मानिस दिनानुदिन रोगले थलिदै गइरहेका छन् । कोरोनाका बिरामीका लागि बनाइएका अस्पतालका बेडमा पनि भर्ना पाएका छैनन् । बिदेशमा कैयौं नेपाली अलपत्र परेका छन् । लाखौं बिद्यार्थी एसइइ, कक्षा ११, कक्षा १२ तथा अन्य तहको तयारीमा थिए उनीहरु अन्यौलमा छन् । नेपालमै पनि अलपत्र परेका मानिस अव थलिंदैछन् । अझ तराइका जिल्लाहरुमा  कफ्र्यु लगाइएको छ । बाहिर कोहि मानिस निस्कन नपाउने भनिएको छ ।

मानिसले साधारण जिवीको पार्जन गर्न पैसा भए पनि खाद्यान्न खरिद गर्न पाएका  छैनन् । यस अवस्थामा के उचित होला ? के कुनै पनि संक्रमणको सिमीत अनि न्यूनतम प्रभाव बाट जोगिइन्छ भन्दैमा अत्यधिक जनसंख्यालाई अवहेलित गर्नु कति उचित होला ? यस लकडाउन पछिको आर्थिक अधोन्नतीका बारेमा सोंचिएको छैन ? पोष्ट लकडाउनमा कति मानिस आत्महत्या गर्नेछन् ? कुनै अनुमान लगाउन सकिन्छ ?

यसरी समग्र तथ्याङ्क हेर्दा मेरो बिचारमा लकडाउन आवश्यक छैन ।

उपेन्द्र अधिकारी
मोटिभेसनल स्पिकर, बिश्लेषक
सिइओ, अवाकस मेण्टल म्याथ
[email protected]

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. दाइ हजुरले भन्नू भएको एकदम मन छुयो अनि सत्य पनि हो, येहा तथ्य भन्दा पनि On d spot जे आउन्छ तेहि निडाय गरेको छ। कुनै पनि योजना नबनाइकन हरेक फैसला गरिएको जस्तो मलाई लाग्छ ।।।

  2. Kura thikai ho bideshma Nepali haru 2month dekhi alpstra chhan bholi lockdown bhandabhandai bideshmai mansikrogi bhaya youbaharu bhane jimma kasle line ho? Kuwait ma mero sathi February 28 dekhi aajasamma room ma hunuhunxa Nepal janlai ready hunuhunthyo.

  3. “ लकडाउन गरिएका देशको संक्रमण प्रतिशत ५.६५ र मृत्यु प्रतिशत ६.७३ देखिएको छ । लकडाउन नगरिएका देशको संक्रमण प्रतिशत ३.४२ र मृत्यु प्रतिशत ०.८६ देखिएको छ ।“ .. कस्तो अचम्मको डाटा!! भने पछि लकडाउनको कुनै अर्थै देखिएन त !!

    1. लेखक ज्यूले गर्नु भएको विश्लेषण hypothetically एक हिसाबले ठीक हो, तर जनसंख्या र जनघनत्वको हिसाबले नेपाल भन्दा ज्यादा जनघनत्व भएको देश/राज्य सिंगापुर, हङ्गकङ्ग, माल्दिभ्स र ताइवानको मात्र छ, जो अति विकसित छन्। तसर्थ यस हिसाबले हेर्ने हो भने हाम्रो देशको आर्थिक, सामाजिक, स्वास्थ्य सुविधा र सर्वसुलभता, यी विकसित देशहरुसंग तुलना गर्न मिल्दैन ।

      अन्त्यमा यो भन्न चाहन्छु कि, लकडाउनको अवस्थालाई परिमार्जन गरि गरिब जनताका आधारभूत कमाई जसले वहाँहरुको गास, बाँस र कपास परिपूर्ति गर्न सक्छ, त्यस बराबर सरकार समक्ष हार्दिक अपिल गरौँ ।अहिलेको विषम परिस्थिति भनेको खेतिपाती मा आधारित कामहरुमा तदारुकता देखिनु पर्ने हो । जो कि यी कामहरुमा त्यति धेरै प्रगति देखेको पाइएन । पत्रकार बन्धुहरुबाट पनि यस्तो प्रतिकूल स्थितिमा कर्मठ कृषक वर्गहरु आवश्यक सतर्कता अपनाई खेतिपाती गर्दै गरेको दृश्य, लेख हालिदिनु हुँदा हाल बेरोजगार रहनु परेका दाजु भाईहरुलाई पनि थप प्रेरणा मिल्नेथ्यो । हरेक नकारात्मकताबाट समय सापेक्ष राम्रा कुराहरु सिक्ने जमर्को गरौँ । विशेषत: गरिब श्रमिकवर्गहरुलाई आवश्यक सतर्कता अपनाएर काम गर्ने/गराउने वातावरण बनाउन सरकार समक्ष अपिल गरौँ ।

    2. कम मृत्युदर भएको ११ देशसंग (जाम्बियाको (५ र १२) लाई एकै गणना गर्दा) तुलना गर्न मिल्दैन जसमा ४ वटा मात्र देशहरुका जनघनत्व नेपालभन्दा बढी छ ।

  4. Ekdam sahi kura. Dr. Biswaroop le pahile nai explain garisakeka kuraharu. News ma pani khali corona, manxe lai jasari hunxa dar tras dekhaera medical byapar badaune tayari hun. Corona ko karan dekhai lockdown garida world bank bata loan lina sajilo vaeka karan le pani yesto gariyeko huna sakxa who ko follow gariyo vanera.

  5. एकदम सहि कुरा सम्प्रेषण गर्नु भएको छ र यश कुराको म पुर्ण रूपमा समर्थन गर्दछु। lockdown मात्रै मृत्यु दर र रोग सङ्ग बचाउने उपाय भने चाहिँ अबस्य हैन।

  6. सहि बिस्लेसन गर्नु भयो सर!! अब मान्छे कोरोना ले भन्दा नि अन्य रोग , पिर अनि खान नपाएर मर्छन।।।येस्तो बिस्लेसन लाई नि गलत कुरा भन्ने दार्सनिकहरु एक पटक अलि राम्रो अनि ठन्डा दिमागले सोच के नेपाल मा जरुरी छ यो लकडाउन ?? 50 दिन ले त केही फरक पारेन अब के पार्ला?? कस्तो कस्तो पिडा मा बसिरहेका होलान जनताहरु??अब कोरोना ले हैन शोक अनि भोक ले चाहिँ पक्कै पनि मान्छे भटाभट मर्न थाल्छन

  7. Dr.bishowrup chaudhary ले यो कुरा को उठान गरेका थिए । आकडा पनि सही नै छ तर पनि covid 19 साङ्गला लाई बिष राख्या जस्तो हो एउटालाई लाग्यो भने सुग्ने मर्ने, आर्को सुघ्ने मर्ने, आर्को सुघ्यो त्यो पनि मर्यो जती सुघ्यो सबै मर्यो यो पनि हुन सक्छ ।संयमता अपनाउन जरुरी छ । सायद प्रकृतिले हाम्रो धैर्यताको जाच लिदैछ की?

  8. भोलि नेपालको स्वास्थ्य प्रणालीको क्षेमताबाट बाहिर गयो भने जिम्मेवारी लिन तयार हुनुहुछ??

  9. बिस्लेस्नात्मक शैली धेरै राम्रो तर रोग हो येसलाई भलै राराजनीति गर्न सजिलो को लागि पैसा पचाउन को लागि जे गरे को भये पनि covid 19बाट वचन उपाय त lockdown नै उचित होला जस्तो लाग्छ मलाई तर lackdown भित्र तयारी चाहिँ कमै भाको हो।

  10. माक्स पन्जा लगाउने ,सेनिटाईजर संगै लिएर हिड्ने, सामािजक दुरि कायम गर्ने र आफै सचेत हुने गरि लक डाउन फुकाए हुन्छ ।

  11. Malai ekdamai hajurko bichar man paro bastabikta Pani yehi nai ho covid covid Vanda vandai manxeharu aaru nai karanle Marne vaye …..baira Jana itchxuk nahune haru ta Ghar baira lockdown navaye Pani ta jadainan ni aabasyek huneharu gharbaira lockdown vauepani niskanunai pareko xu that’s wy lockdown aabasyek xaina ……satarka hunus sabai safely basnus kam garna paunuparo…. Tesaile ma hajurko samarthan gardaxu

  12. Hello sir, yo atma hatya pani lockdown kai karan le bhayeko ho ta? Ani nepal ma kaha ra kasle qurantine ma balatkar garyo jankari pau. Yo financial or aru analysis ta haina aru desh ma yeti % ra nepal ma yeti %. Hamro ma education ra discipline kami cha, america sanga, europe sanga compare garna mila ra. Hamra buda paka le, Sanitizer dinda jal samjhera khai rah ka chan, tehi mask 10 din lagayeka chan, mask lagayo bhane corona nalagne thanchan. So need to educate before removing lockdown, lets not write for publicity stunt, instead people like you should write strong article to educate people

  13. Yo kura sahi yo huni khani le po khanxa ta na huni le k gari khanu na kam xa na paisa xa hami jasto lai chai dheri garo xa rina xa bacha tirnu parxa kam huda ta jaso yasto terinanateyo aba kaha bata tirnu yo lock down na vako vaya huni theyo hami jasto dukhi garib lai .sir ma ta hjr ko kura ma sahamta xu k gari hunxa yo lock down hataunu paryo

  14. Kura thik hola tara yo lockdown spread rokna ko lagi ho tyo thik ho tara aru management ka kura ma kehi weakness bhane bhaeko hola tara lockdown thik ho transmission kam garne perspective ma

  15. Yes ,It seems so .I mean ,if people are passing away ,then are said to be dead because of CORONA .Why ?Is it right to give a cause only Corona for which they die? They can also die of other diseases as well.

    1. Corona , ahile ko hisab le rog kehi % ma hola but Sthaniya sarkar ra govt lai berok tok kharchha garne euta adhar vayo justo lagchha. pal pal ma mrityu chha. teso vaye ta sadhai sirak wodera sute vaihalyo ni . Mrityu sang yeti bidhna darayera pani k jiwan jiunu justo lagchha. Yo vanda khatarnak aru birami chhan . Sudur paschim ma barseni tetro manche marchan khai k vayo ra vairakheko chha. Jyada sankraman capacity vayera niti nirmata haru lai nai sarla vanne dar le matra ho yo. natra janta ko matra maya le lockdown gareko justo ta malai fitikkai lagdaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button