ग्रिन जोन भनिएको गण्डकी प्रदेशमा पुन: संक्रमित भेटिए

पोखरा । गण्डकी प्रदेशको बागलुङमा चैत महिनामा फेला परेका  २  जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि ग्रिन जोन भनिने गरेको  गण्डकी प्रदेशमा पुन: संक्रमित भेटिएका छन् ।

प्रदेशको नवलपुर जिल्लामा विहिवार दिउसो एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले  भरतपुर अस्पताल कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा उक्त व्यक्तिमा  कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले समेत गण्डकी प्रदेशमा पुन : संक्रमण देखिएको भन्दै सुरक्षित रहन सबैलाई आग्रह समेत गरेको छ ।

बागलुङमै कोरोनाको आशंका पछि  एक महिलाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा ल्याउन लागिएको गण्डकी प्रदेश स्वास्थय निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पोखरा न्यूजलाई  बताए ।

बागलुङ गल्कोट निवासी ६५ बर्षिया एक महिलामा कोरोनाको शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन गरि परीक्षणका लागि भर्खरै गाडीबाट पोखरा पठाइएको धौलागिरी अंचल अस्पताल प्रमुख डा. शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।

उच्च ज्वरो र खोकी जस्ता समस्या देखिएकी उनलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको डा.  पोखरेलले पोखरा न्यूजलाई  बताए  ।

डा.  पोखरेलले त्यहाँबाट पर्सा गएका मजदुरमा संक्रमण  भेटिएपछि मजदुरलाई लिएर गएको बसका चालक, सहचालक र उनीहरुको  सम्पर्कमा आएका व्यक्ति लगायत १२/१३ जनाको समेत स्वाव संकलन परीक्षणका लागि पोखरा पठाइएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button