नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा थप ३ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको सहप्रवक्ता अधिकारीले जनाए ।

संक्रमितहरुको  स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ।

यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button