स्याङ्जामा युवक मृत अवस्थामा फेला

पोखरा । स्याङ्जामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

पुतलीबजार नगरपालिका- ११ बेलबासका ३३ बर्षीय ईश्वर जि.टी. शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ८ बजे पुतलीबजार नगरपालिका -१३ झापाकोट स्थित दरौ खोलाको किनारमा  जि.टी. को शव फेला परेको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button