बाँके । बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आरडिटी पोजेटिभ देखिएका तीनै जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरी आजै भेरी अस्पतालको प्रयोगशालामा पु¥याइएको छ । सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई नेपालगञ्ज ल्याइएको छ । गए राति प्रवेश गरेका ६८७ नागरिकमध्ये बाँके र बर्दियाका २२१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अहिले परीक्षण गरिएको छैन ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी गए राति नेपाल प्रवेश गराइएको हो ।
सीमानाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएको र नेपालबाट करीब एक हजार चार सय भारतीयलाई भारत पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution