नेपालमा कोरोना भाइरसकै कारण सुत्केरी महिलाको मृत्यु भएको पुष्टि

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण एक महिलाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय महिलाको कोरोना भाइरस संक्रमण कै  कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार  काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा बैशाख २४ गते   सुत्केरी भएर २५ गते घर फर्किएकी उनमा स्वासप्रश्वासमा समस्या आएपछी  धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो  ।  पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा समेत  उनको रिपोर्ट पोजेटिभ नै आएपछी स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो  ।

नेपालमा कोरोनाले मृत्यु भएको यो  पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।   नेपालमा कोरोना संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका  छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button