कास्कीमा सवारी दुर्घटना हुँदा ७ घाइते, मणिपालमा उपचार हुँदै

पोखरा । कास्कीमा शनिबार ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

शनिवार बिहान ७ :३० बजे रुपा गाउँपालिका-५  देउरालीबाट पोखरा तर्फ आउदै गरेको ग १ त ४१७२ नं. को ट्याक्टर दुर्घटना हुँदा चालकसहित ट्याक्टरमा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक मादी गाउँपालिका-८ भगवतिटार का  २२ बर्षीय लक्ष्मण बि.क., १९ बर्षीय हस्त बहादुर बुढामगर, पोखरा -३२ राजचौतारा की  ३० बर्षीया कोपिला सुनार, ४ बर्षीया बालिका जोशिका सुनार, ९ बर्षीय दिपेश सुनार, पोखरा-३२ बुढिबजार की ४९ बर्षीया बुद्धिमाया सुनार र ५५ बर्षीय विर बहादुर मगर घाइते भएका छन् ।

घाइते सबैको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार घाइते मध्ये कोपिला र  विर बहादुरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । ट्याक्टर  आफैं अनियन्त्रित भइ सडकबाट अन्दाजी १ सय मिटर तल खसेको बताइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button