कतारमा कोरोना संक्रमणको दर बढ्दो, थप १ को मृत्यु

तिलु शर्मा पौडेल, दोहा कतार l बिगत एक साता देखी कतारमा कोरोना संक्रमितको संख्या  उच्च दरमा बढिरहेको छ । यहाँ कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म ३० हजार पार गरेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र ४ हजार५ सय ३१ जनामा टेस्ट गर्दा १ हजार५ सय ४७ जना कोरोना सङ्क्रमित देखिएको जनाएको छ l शनिबार ७४ बर्षिय एक कतारी नागरीकको मृत्यु भए संगै कोरानाका कारण मृतक हुनेको सङ्ख्या  कतारमा १५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ कूल संक्रमितको संख्या ३० हजार ९ सय ७२ पुगेको छ । कतारमा २७ हजार १ सय ६९ जना उपचारका क्रममा रहेका छन् ।

यहाँ पछिल्लो चौविस घन्टामा २ सय ४२ जना सहित स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ३ हजार ७ सय ८८ पुगेको छ ।

कतारमा हालसम्म  जम्मा १ लाख ५२ हजार ७ सय ४ जनामा कोरोना  परीक्षण गरिएको छ ।  पछिल्लो समय देखीएका संक्रमितहरु स्थानीय नागरीक सहित आप्रवासि कामदार रहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button