नेपालमा शनिवार १४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाण्डौ । नेपालमा शनिबार एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार नै नेपालमा कोरोना भाइरसका कारण सुत्केरी महिलाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । शनिबार राति मृतक महिलामा कोरोना पुष्टि सँगै  नेपालमा थप  २ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थय मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय महिलाको कोरोना भाइरस संक्रमण कै कारण मृत्यु भएको पुष्टि भएको हो ।

शनिबार राति नै   धनुषा निवासी २० र ६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार दिउसो महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको जनाएको थियो  ।

यसअघि शनिबार बिहान नै  नेपालमा  ९ जनामा  कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा संक्रमितहरूको संख्या २ सय ८१ पुगेको छ। संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस् :

नेपालमा कोरोना भाइरसकै कारण सुत्केरी महिलाको मृत्यु भएको पुष्टि

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button