लकडाउन थप १५ दिन लम्ब्याउने सरकारको निर्णय

काठमाण्डौ ।   सरकारले  लकडाउनको अवधि १५ दिन लम्ब्याउने  निर्णय गरेको छ ।

यसअघि जेठ ५ गतेसम्म लकडाउनको अवधि कायम रहेकोमा आइतबार बसेको मन्त्रिपरिषद्को  बैठकले  १५ दिन थप गरी  जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उच्चस्तरीय समन्वय समितिको बैठकले समेत लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो।

नेपालमा चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button