नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले  रौतहटको इशनाथका  ७ जना , माधव नारायण नगरपालिका की १  महिला तथा बारा करैयामाईका १ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा  परीक्षणमा सोमबार बिहान  २१ देखि ३८ वर्ष उमेर समुहका ति  व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ सय ४ पुगेको छ । यस अघी आइतबार कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको थियो भने अन्य २ जना नयाँ संक्रमित भेटिएका थिए ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button