नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाण्डौ : नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङका, धनुषा, रौतहट र दाङका एक एक जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकेका ४७ जना हिजोमात्र   क्वारेन्टाइनमा मृत्यु भएका युवकको गाउँ नरैनापुर गाउँपालिकाका हुन्। नेपालमा  आज एकै दिन अहिलेसम्मकै उच्च संख्यामा ६२ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ।

यस अघि नेपालमा आज बिहानमात्रै ९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले  जनाएको थियो । नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ जनाको मृत्यु भइसकेको छ।

नेपालमा संक्रमित मध्ये  ३६ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button