ए भारत ! सत्य बोल काली नदि नेपालको हो कि होइन….

ए भारत !
सत्य बोल काली नदि नेपालको हो कि होइन
तिम्रो र हाम्रो सिमाना यहि नदि हो कि होइन।

साना र ठुला दुई नदि हाम्रो दोसाँधमा भएपनि
सत् बोल सक्कली काली ठुलो चाहिँ हो कि होइन।

सक्कलीको उत्तरी शिर लिम्पियाधुरा भएपछि
धर्म सम्झी भन यो भुभाग नेपालको हो कि होइन।

नक्कली काली सक्कलीको उत्तरतिर परेपछि
सत् बोल यसको शिर लिपुलेक हाम्रो हो कि होइन।

दुईवटा काली बिच पर्ने डाडो कालापानी भएपछि
सत्य बोल यो भुभाग पनि नेपालको हो कि होइन।

लिम्पियाधुरा, कालापानी, लिपुलेक यि तिनै भुभाग
गीता, कुरान, बाइबल छोइ भन हाम्रो हो कि होइन।

पुष्प पाैडेल
प्रिन्सिपल : तारापुन्ज एजुकेशन एकेडेमी
पोखरा – १, अधिकारी टाेल, नेपाल

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कालापानी, लिपुलेक,लिम्पियाधुरा सबै हाम्रै हो!

  2. कालापानी, लिपुलेक,लिम्पियाधुरा सबै हाम्रै हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button