रंगशालाको बहुउद्धेश्यि कभर्डहलमा कुर्चीका लागि टेन्डरको म्याद थपियो

पोखरा । पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्डहलमा कुर्चीका लागि वोलपत्र आह्वानको म्याद थप गरिएको छ ।

गत २०७७ बैशाख ७ गते पहिलो पटक खोलिएको टेन्डर आह्वान कोभिड १९ ले जारि लकडाउनका कारण राखेपले ७ दिनका लागि म्याद थप गरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका इन्जिनियर प्रनिश ताम्राकारले बताए ।

पहिलो पटक टेन्डरको म्याद आज सकिएको र दोश्रो पटकका लागि ७ दिन थप गरि जेठ १२ गते सम्म पुर्याइएको छ । कभर्डहलको दर्शकदिर्घामा करिव २ हजार कुर्ची राख्नका लागि २ करोड भन्दा माथी अनुमानित रकम तोकिएको छ ।

यस संगै यस आर्थिक वर्ष २०७६/०७७ का लागि कभर्डहलका लागि राखेपले ५ करोड विनियोजित गरेको थियो । उक्त रकम बाट कुर्ची, साउण्ड सिष्टम र हल सजावटको काम सम्पन्न गरिने ताम्राकारले जनाए । निर्माण सम्पन्न भएको करिव ३ वर्ष पछि राखेपले कुर्ची राख्ने तयारी थालेको हो ।

नेपालमा गत मंसिर १४–२५ सम्म सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला पुरुष ह्याण्डबल समेत आयोजना भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button