जय कुमारले ल्याए राष्ट्रप्रेम गीत ‘हामी देशबासी’ (भिडियो सहित)

पोखरा । गायक तथा संगीतकार जय कुमार परियारले राष्ट्रप्रेम झल्कने गीत ‘हामी देशवासी’ सार्वजनिक गरेका छन् । उनकै स्वर, संगीत र शब्द रहेको गीत राजेश विष्ट क्षेत्रीले गरेका हुन् ।

जय म्युजिक सेन्टरले प्रस्तुतीमा सार्वजनिक गरिएको भिडियोको शुसिल नेपालीले निर्देशन र महेन्द्र पराजुलीले सम्पादन गरेका हुन् ।
कोरोना महामारीका कारण परेको प्रभावलाई कम गर्न सबै जुट्नुपर्नेमा गीतमार्फत परियारको आग्रह छ । देशको मुहार फेर्न सबै हातेमालो गर्दै अगाडि बढनुपर्ने आवश्यकता भएको सन्देश गीतमा छ । विपतको बेला भएपनि देशको मुहार फेर्न अगाडि बढुन्पर्नेमा रोकिन नहुनेमा उनले जोड दिएका छन् ।

पहिलो एल्बम ‘कल्ले लाने हो बाट नेपाली साँगीतिक क्षेत्रमा बैग्लै पहिचान बनाउन सफल व्यक्ति हुन् उनी । कला तथा संगीतप्रति सानैदेखि रुचि राख्ने उनको ५ वर्षको उमेरबाटनै नृत्यको माध्यमबाट कलाकारीता क्षेत्रमा प्रवेश भएको थियो । १२ वर्षको उमेरबाट पोखराको डाँफे कला मन्दिरमा आवद्ध भै उनले कलाकारीता क्षेत्रको यात्रा अगाडि बढाएका उनी यसै क्षेत्रमा निरन्तर सक्रिय छन् ।

उनले २०५२ सालमा पोखराको पहिलो डान्स ट्रेनीङ सेन्टरको रुपमा आर्दश कला केन्द्रको स्थापना गरेका थिए । उनले २०५४ सालमा आफनै आवाज, रचना र संगीतर्मा फर्की आउने बाचा गर्दै’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरे । उनले पोखराका दोहोरी साँझमा समेत उतीकै सक्रिय बन्दै लामो समयदेखि निरन्तर काम गरिरहेका छन् । उनी सान्नानी दोहोरी साँझ पोखराका सञ्चालक पनि हुन् ।

राम्रो नृत्यकार रहेका उनले ठुलो पर्दाका चलचित्र तथा १२ वटा सानो पर्दाको चलचित्रमा नृत्य निर्देशन गरीसकेका छन् । भारतको शिलाङ्गमा बुबा गम्भिर र आमा चन्द्रिमाया परियारको पाँचौ सन्तानको रुपमा जन्मिमएका परियारको स्थायी ठेगाना भने खौला लाकुरी, पर्वत हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button