हामी सत्यमेव जयतेमा विश्वास गर्छौ : प्रधानमन्त्री ओली

काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले सत्यमेव जयतेमा विश्वास गर्ने भएकाले नेपालको आफ्नै भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिन नडराउने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिदैँ प्रधानमन्त्री ओलीले नेपाल सत्यमेव जयतेमा विश्वास गर्ने भन्दै भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न समेत  गरेका छन् ।

छिमेकी मुलुक भारतसामु लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका छन्, ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’

भारतको प्रतीक चिन्हमा रहेको चार मुखे सिंह र त्यसको मुनी लेखिएको ‘सत्यमेव जयते’ माथि टिप्पणी गर्दै  प्रम ओलीले भारतको चिन्हमुनी लेखिएको भए पनि सत्यमेव जयतेमा आफूले विश्वास गर्ने प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागमा नेपालको तर्फबाट कुनै प्रकारको विवाद नरहेको जनाउदै भारतले बेकारको ‘अकुपाइ’ गरेर विवाद बनाएको उल्लेख गरे। “हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।”

प्रम ओलीले कुनै देश भूगोल वा जनसङ्ख्यामा ठूलो-सानो र विकासमा अगाडि-पछाडि हुन सक्ने  तर  कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताउदै सबै राष्ट्रले बराबररुपमा स्वाधीनताको प्रयोग गर्न पाउनुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button