पोखरा । पोखरा महानगरपालिका- १४ खाल्टे मसिनामा एक महिला घाइते अवस्थामा फेला परेकी छन् ।
खाल्टे मसिनाकी स्थानीय ३५ बर्षीया बिष्णुमाँया परियार गोरखा भिलेज नजिकै घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी घरमा कोही कसैलाई नसोधी सोमबार घरबाट निस्केकी उनि मंगलबार बिहान ७ :०० बजे घाइते अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते महिलाको अवस्था मध्यम रहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।