पोखरा । बिरामी बोकेर पोखराका लागि छुटेको जीप बागलुङ गल्कोट नगरपालिका -३ लमहीमा दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
मगलबार बिहान ८ :१५ माउपल्लो लमही देखी हटिया तर्फ आउँदै गरेको ग२च ५९८० नम्वरको जीप दुर्घटना हुँदा जिपमा सवार लमहीकी ७२ बर्षीया भबिकला बस्नेत उनका नाती २६ बर्षीय बिष्णु बस्नेत घाइते भएको प्रहरीले जनाएको छ।
घाइते दुबैलाई हटिया स्थित आरोग्य अस्पतालमा सामन्य उपचार पश्चात थप उपचारको लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
जिपको ब्रेक फेल भइ अनियन्त्रित हुँदा सडकबाट अंन्दाजी १ सय मिटर तल खसेको बताइएको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।