नदीको बिचमा महिला मृत अवस्थामा फेला

पोखरा । पर्वतमा कालीगण्डकी नदीको बिचमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

म्याग्दी रघुगंगा गाउँपालिका – ३ की ३२ बर्षीया विष्णु जैशि मंगलबार बिहान कुश्मा नगरपालिका – १ राजाको बगर स्थित कालीगण्डकी नदीको बिचमा मृत  फेला परेको प्रहरीले जनाएको छ ।

नदीको बिचमा मानिसको शव रहेको सूचनाका आधारमा प्रहरीले शव नदीबाट बाहिर निकाली बुझ्दा महिलाको पहिचान खुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button