नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१७ देखि ४२ बर्ष समुहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ्ग, सुनसरी, भक्तपुर, मकावानपुर, लमजुङ्ग, कपिलवस्तु, काठमाण्डौ, नवलपरासी लगाएत विभिन्न जिल्लाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यस सँगै नेपालमा संक्रमितको संख्या ४ सय २  पुगेको छ। मन्त्रालयका अनुसार हाल सम्म नेपालका ३६ जिल्लामा कोरोना सक्रमण देखा परेको  छ ।

नेपालमा सोमबार एकै दिन अहिलेसम्मकै उच्च संख्यामा ८० जना संक्रमित थपिएका थिए  । कोरोना संक्रमणबाट नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ।

नेपालमा संक्रमित मध्ये ३७ जना निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनसार हालसम्म नेपालमा  पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट परीक्षण हुनेको संख्या  ७४ हजार  ६४९ पुगेको छ ।

हालसम्म ४ सय ५७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button