काठमाण्डौ : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१७ देखि ४२ बर्ष समुहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
झापा, मोरङ्ग, सुनसरी, भक्तपुर, मकावानपुर, लमजुङ्ग, कपिलवस्तु, काठमाण्डौ, नवलपरासी लगाएत विभिन्न जिल्लाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यस सँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ। मन्त्रालयका अनुसार हाल सम्म नेपालका ३६ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।
नेपालमा सोमबार एकै दिन अहिलेसम्मकै उच्च संख्यामा ८० जना संक्रमित थपिएका थिए । कोरोना संक्रमणबाट नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ।
नेपालमा संक्रमित मध्ये ३७ जना निको भएर घर फर्किसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनसार हालसम्म नेपालमा पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने आररडीबाट परीक्षण हुनेको संख्या ७४ हजार ६४९ पुगेको छ ।
हालसम्म ४ सय ५७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।