पोखरामा गाडेको अवस्थामा युवकको शव फेला

पोखरा । पोखरामा हत्या गरेर गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मंगलबार साझ पोखरा – २६ अर्घौमा अन्दाजी २१/२२ वर्षीय  युवकको शव  गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

अर्घौ चोक देखि केहि भित्र खेतमा माटोले पुरेको अवस्थामा शव भेटिएको एसपी कार्कीले पोखरा न्यूजलाई बताए । उनले भने- ” हामीले उक्त  स्थानबाट मृतकको शव निकालेका छौ, प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सुन्दरीबजार बस्ने सुजन वि.क. रहेको भन्ने कुरा आएको छ, थप अनुसन्धान गर्दैछौ ।”

मृतकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने र बाकि कुरा अनुसन्धानबाट खुल्ने एसपी कार्कीले बताए  ।

पोखरामा यस अघि ३ दिन अघि मात्र  पोखरा १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव हत्या गरेर गाडेको अवस्थामा  प्रहरीले फेला परेको  थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button