मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको प्रदेश सरकारले एन्फालाई दियो १८ लाख

पोखरा, मुख्यमन्त्री कप फुटबल प्रतियोगिता २०७६को गण्डकी प्रदेश सरकारले १८ लाख रुपैया अखिल नेपाल फुटबल संघ (एन्फा)मा पठाएको छ ।

गत २०७६ माघ ७ गते देखि १४ गते सम्म लेखनाथ आदर्श खेल मैदानमा सञ्चालन भएको उक्त प्रतियोगिताका लागि आयोजकलाई गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत ४० लाख उपलव्ध गराउने गरि सम्झौता गरेको थियो ।

उक्त रकमको पहिलो किस्ता स्वरुप २० लाख आयोजनाको समय र १८ लाख भने चार महिना ढिलो गरि प्रदेश सरकारले एन्फा केन्द्रलाई उपलव्ध गराएको हो । प्रदेश सरकारले हाल सम्म ३८ लाख उपलव्ध गराएको आयोजक समितीका सचिब आनन्द रञ्जितले जानकारी दिए ।

एन्फाले उक्त रकम प्राप्त गरेपछि विजेतालाई दिनुपर्ने रकम मध्ये उपविजेता आदर्श युवा क्लवलाई ३ लाख भने उपलव्ध गराई सकेको छ भने विजेता मध्येको लमजुङको त्रिवेणी क्लवले भने आफुले पाउनु पर्ने ५ लाख हाल सम्म रकम नपाएको क्लवका अध्यक्ष सिजन श्रेष्ठले जानकारी दिएका छन ।

क्लवका कोषाध्यक्ष संग खाता नम्वर मागिएको तर आजको दिन सम्म खातामा रकम जम्मा नभएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने –“हामी संग निवेदन मागिएको थियो, हामी त विजेता टिम किन निवेदन मागियो? थाहा छैन, विजेतालाई त सोझै रकम पठाउनु पर्थ्यो ।” विजेता भएको ५ महिना सम्म पनि रकम नपाउँदा आफुहरुले निकै समस्या झेल्नु परेको उनले गुनासो पोखे ।

तर यता अखिल नेपाल फुटबल संघ (एन्फा) गण्डकी प्रदेशका सचिब रमेश कार्कीले भने विजेता टिम त्रिवेणी क्लवलाई पुरस्कार रकम पठाई सकिएको दावी गरे । उनले भने–“रकम नपठाएको हुँदै होइन, किन प्राप्त हुन सकेन हामी यस बारे सोध्ने प्रयासमा छौं ।” उनले क्लवले निवेदन नदिएका कारण रकम नपाएको हुन सक्ने बताए ।

यता उपविजेता क्लव आदर्श युवा क्लव पोखराले आफ्नो पुरस्कार राशी मध्येको ३ लाख नौ दिन अघि खातामा जम्मा भइसकेको क्लवका अध्यक्ष लक्ष्मण भण्डारीले बताए । पुरस्कार रकम प्राप्त भइसकेपनि व्यवस्थापन तर्फ खर्च भएको एक लाख भने प्राप्त नभएको उनले बताए । उनले भने–“हामीले सवै बिल भर्पाइहरु आयोजकलाई बुझाएका छौं, तर रकम पाएका छैनौ ।”

यता आयोजक समितीका सचिब रञ्जितले पुरस्कार रकम एन्फा केन्द्रले सोझै विजेताको खातामा जम्मा गरिसकेको र व्यवस्थापनको खर्च मध्येको रकम पनि आफुहरुलाई प्राप्त भएको बताए । उनले भने–“प्रदेश सरकारले हामीले पाउनु पर्ने मध्येको २० लाखमा १८ लाख दिएको छ, पुरस्कार राशीको ८ लाख क्लवको खातामा सोझै एन्फाले पठाएको र ९ लाख हामीले पाएका छौं, अव सबैको बाकी तिर्नु पर्ने रकम दिने भनेका छौं तर लक डाउनले समस्या पारेको छ ।” गण्डकी प्रदेश सरकारले ४० लाख र ५ लाख एन्फा केन्द्रले प्रतियोगिताका लागि प्रदान गरेको थियो ।

प्रदेश सरकारले पठाएको १८ लाख मध्ये एन्फाले अझै एक लाख भने अझै पठाएको छैन । एन्फाले पुरै रकम पठाउनु पर्नेमा एक लाख किन रोक्यो त्यो भने आफुलाई थाहा नभएको सचिब रञ्जितले बताए । उनले भने–“पुरै रकम पठाउनुपर्ने हो किन एक लाख रोकियो, त्यो विषयमा एन्फा संग सोध्नुपर्ने छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button