नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ : नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ देखि ४८ बर्ष समुहका १८ जना पुरुष र ७  जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँके ६ जना, धनकुटामा ५ जना,  कपिलवस्तुमा १३ जना र नवलपुरमा १ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यस सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ। मन्त्रालयका अनुसार हाल सम्म नेपालका ३८ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ।  संक्रमित मध्ये ४५ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button