उपचाररत कोरोना संक्रमितलाई मृत्यु भएको भनेर गलत प्रचार गरियो- अस्पताल प्रशासन

काठमाण्डौ । गुल्मीका कोरोना संक्रमितको आईसीयू कक्षमा उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणका  कारण तेस्रो व्यक्तिको मृत्यु भन्दै उनलाई जोडेर  केही सञ्चारमाध्यममा  समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनि जीवितै रहेको र  भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको  विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

उपचाररत विरामीलाई गलत ढंगले प्रचार गरी मृत्यु भएको भनेर गलत प्रचार गरिएको अस्पतालले जनाएको छ  । अस्पतालले विज्ञप्तिमार्फत उनको  अवस्था भने  गम्भीर रहेको जनाएको छ  । उनि  एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

अस्पतालमा उपचारको  क्रममा उनमा  कोरोनाको आशंका पछि  वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा जेठ ५ गते सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले  उनको अवस्थाबारे सञ्चारमाध्यम तथा सामाजिक संजालमा  निरन्तर भ्रामक र अतिरन्जित समाचार आएको र त्यस्तो कार्यले सर्वासाधरणमा त्रास फैलिएको भन्दै अस्पतालले त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button