पोखरामा ३ जनाको पिसीआर नेगेटिभ, एकको पुनः परीक्षण गरिने (भिडियो सहित)

पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षणमा चार जनामा एन्डिबडी देखिएपछि गरिएको पिसिआर परीक्षणमा तिन जनाको रिपोर्ट  नेगेटिभ देखिएको छ ।

मंगलबार गरिएको आरडिटी परीक्षणमा ४ जनामा एन्डिबडी देखिएपछि उनीहरुको पुनः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसिआर पद्धतीबाट परिक्षण  गर्दा तिन जनाको रिपोर्ट नेगेटिभ देखिएको र एक जनाको पुनः स्वाव संकलन गर्नुपर्ने भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरामा मंगलबार आरडीटि परीक्षणमा कोरोना रियाक्टिभ देखिएका ४ जना सहित २ सय १६ जनाको स्वाव संकलन गरिएको थियो । बाकिको नतिजा भने केहीबेरमा आउने बताइएको छ ।

अघिल्लो समाचार :

पोखरामा ४ जनाको आरडिटी पोजेटिभ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button