विनोद र सन्जोकको ‘जित्छौ हामी’ गीत तयार

पोखरा । गायक विनोद वानियाको आवाजमा ‘जित्छौ हामी’ गीत तयार भएको छ । आगामी शुक्रबार साँझ ५ बजे सार्वजनिक गर्ने तयारी गरिएको गीतको रचना सञ्चारकर्मी सुरज बस्याल ‘सन्जोक’ले गरेका हुन् । ‘जित्छौ हामी’ गीत सन्देशमुलक रहेको छ । गीतमा संगीत वानियालेनै भरेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तथा नेपाली भुमीलाई भारतले गरिरहेको अतिक्रमण यि दुवैलाई नेपालीले जित्न सक्छन् भन्ने सन्देश प्रवाह गीतमा गरिएको छ । ‘ढिलो चाडो जहिल्यै भएपनि हामीले जित्छौ भन्ने सन्देश गीतमा छ’ वानियाले भने ।

लामो समय पोखरामा बसेर सञ्चार क्षेत्रमा काम गरेका यो गीतका रचनाकार बस्याल यतिबेला काठमाण्डौमा बसरे सर्घष गरिरहेका छन् । ठुलो अपेक्षा भन्दा पनि गरौन भनेर गीत तयार पारिएको उनले बताए । ‘विगतमा पनि धेरै अप्ठ्याराहरु हामीले जितेको हो अहिले पनि जित्छौ भन्ने गीतको सन्देश हो’ उनले भने ।

विभिन्न कलाकार र राजनीतिज्ञलाई राखेर भिडियो तयार पारिएकोले दर्शक श्रोता माया पाउनेमा वानिया र बस्याल ढुक्क छन् । गीतको एरेन्ज श्यामसुङ तामाङले गरेका हुन् । मेन मिडियाको प्रस्तुतीमा गीत तयार भएको हो । विनोदले हालै मात्र  ‘मान्छे’ गीतको भिडियो सार्वजनिक गरेका थिए । जुन भिडियोलाई पनि दर्शकले रुचाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button