नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा  बुधबार १८ वर्ष देखि ४६ वर्ष उमेर समूहका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये झापा कचनाकवल गाउँपालिका ३, ६ र ८ का १५ जना पुरुष , सुनसरीकी  १ महिला  र् धनकुटाका १ पुरुष  रहेको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।

यो सँगै नेपालमा संक्रमितको  संख्या ४ सय ४४ पुगेको छ। संक्रमित मध्ये ४५ जना निको भएर घर फर्किसकेका छन्।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म २ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button