नेपालमा कोरोना संक्रमणबाट तेश्रो व्यक्तिको मृत्यु

पोखरा । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट तेश्रो व्यक्तीको मृत्यु भएको पुष्टी भएको छ । रुपन्देही मणीग्राम स्थित क्रिमशन अस्पतालमा उपचार गराइरहेका संक्रमित मदाने गाउँपालिका ६ निवासी ४१ वर्षिय  शिक्षकको मृत्यु भएको हो ।

अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको अवस्था गम्भिर रहेको र आज विहान अस्पतालमा मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका प्रवक्ता टिकाराम अर्यालले  पोखरा न्यूजलाई जानकारी दिए ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले समेत एक प्रेस विज्ञप्ती जारी गर्दै उनको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन । विज्ञप्तीमा भनिएको छ–“उनलाई बचाउन हामीले निकै प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं ।”

मृतक कङ्गे देउराली अधारभुत विद्यालयको प्रधानध्यापक रहेको जनाइएको छ । ज्वरो र खोकी जस्ता स्वास्थ्य समस्या  देखिएपछि उनि क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

जेठ १ गते आइसीयूमा भर्ना भएका उनलाई जेठ २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । उनको जेठ २ गते नै स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा ५ गते सोमबार  उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 नेपालमा यसअघि सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेका एक २५  वर्षीय युवकको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या भने ४ सय ४४ पुगेको छ । संक्रमित मध्ये ४५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button