पोखरामा युवकको हत्या गरेर खेतमा गाड्ने २ जना पक्राउ

पोखरा । पोखरामा एक युवकको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् ।

मादी गाउँपालिका – ११ घर भइ पोखरा -२६  सुन्दरी बजारमा  परिवारसहित  बस्दै आएका २४ वर्षीय सुजन विकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थमन पुन मगर र प्रकाश घर्ती मगरलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न रहने  वर्ष २३ का थमन र वर्ष २१ का प्रकाश घर्ती मगर प्युठान गोमुखी गाउँपालिका वडा नं ३ डिही गाउँका रहेको र उनीहरु बिजुलीको पोल गाड्ने मजदुर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

गत शनिबार देखि हराएका विकको शव कास्की प्रहरीले ३ दिन पछि मंगलबार साझ अर्घौ चोक देखि ३ सय मिटर भित्र फर्निचर पसल पछाडि खेतमा माटोले पुरेको अवस्थामा फेला पारेको थियो ।

फर्निचर पसलमा काम गर्ने व्यक्तिले बारी गोडमेल गर्ने क्रममा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए  ।

पोखरामा एक साता अघि मात्र पोखरा १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव हत्या गरेर गाडेको अवस्थामा प्रहरीले फेला परेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button