नेपालमा कोरोनाबाट थप १ को मृत्यु, ९ जना संक्रमित थपिए

काठमाण्डौ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१७  देखि २७  बर्ष समुहका ९  जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रुपन्देही १  जना र झापाका  ८  जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिए ।

यस सँगै नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ। मन्त्रालयका अनुसार हाल सम्म नेपालका ३८ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

कोरोना  संक्रमणबाट रुपन्देही मणीग्राम स्थित क्रिमशन अस्पतालमा उपचार गराइरहेका संक्रमित मदाने गाउँपालिका ६ निवासी ४१ वर्षिय शिक्षकको मृत्युलाई मन्त्रालयले  पुष्टी गरेको  छ । उनको बिहानै मृत्यु भएपनि मन्त्रालयले भर्खर मात्र जानकारी गराएको हो ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्ये ४९ जना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button